कोरला नाकाबाट ईभी आयात

मुस्ताङको लोमान्थाङस्थित कोरला नाकाबाट एक सयभन्दा बढी विद्युतीय सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन्।

भन्सार कार्यालयले यस नाकाबाट करिब ५ सय विद्युतीय सवारी आयात हुने बताएको छ।

पहिले रसुवागढी र तातोपानी नाकाबाट ल्याउने योजना थियो, तर बाढी र पहिरोका कारण कोरला वैकल्पिक नाका बनेको हो।

विद्युतीय सवारीका लागि चार्जिङ स्टेशनको अभाव मुख्य समस्या रहेको भन्सार प्रमुखले जानकारी दिएका छन्, र यस नाकाबाट गाडीसँगै लत्ता कपडा, विद्युतीय र कस्मेटिक सामग्री समेत ल्याउने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *