Skip to content
बजाज अटोले आफ्ना लोकप्रिय पल्सर र बक्सर मोटरसाइकललाई अब इलेक्ट्रिक भेरियन्टमा ल्याउने तयारी गरेको छ।
चेतक ई–स्कुटरको सफलतापछि कम्पनीले इलेक्ट्रिक दुई पाङ्ग्रे क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने योजना सार्वजनिक गरेको हो।
कम्पनीले चेतकको नयाँ भेरियन्ट, इलेक्ट्रिक मोटरसाइकल र अन्य इलेक्ट्रिक सवारी साधन बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ।
पल्सर भारत र नेपालमा धेरै लोकप्रिय रहेको छ भने बक्सर अफ्रिका बजारमा राम्रो माग पाएको छ।
यसैले यी मोडललाई इलेक्ट्रिक बनाएर बजाजले बजारमा राम्रो सुरुवात गर्ने विश्वास व्यक्त गरेको छ।
Post Views: 88