उपत्यकामा ध्वनि प्रदूषण रोक

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनि प्रदूषण नियन्त्रणका लागि सबैलाई सतर्क रहन आग्रह गरेको छ।

कार्यालयले सूचना जारी गर्दै २३ प्रकारका कार्य नगर्न अनुरोध गरेको छ, जसमा सडक र सवारीसँग सम्बन्धित ४ कार्य प्रमुख छन्।

प्रहरीले बिहानै मोटरसाइकल वा अन्य सवारी स्टार्ट गर्दा ठूलो आवाज ननिकाल्न, आवाज आएमा घरदेखि टाढा गएर मात्र स्टार्ट गर्न, सडकमा अनावश्यक हल्ला नगर्न र फोहोर नफाल्न चेतावनी दिएको छ।

साथै प्रेसर हर्न वा मोडिफाई गरी ठूलो आवाज निकाल्ने सवारी साधन प्रयोग नगर्न आग्रह गरिएको छ।

ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि सम्बन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने जानकारी समेत प्रहरीले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *