एमएडब्लू वृद्धिले इटहरीको आधिकारिक डिलर सर्ब मोटर्सको नयाँ शोरुम उद्घाटन अवसरमा विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ।
यो कार्यक्रम भदौ २० देखि २३ गतेसम्म चल्नेछ।
ग्राहकले दीपलका अत्याधुनिक ईभी मोडेल—एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी ई ०७, अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र एस ०५—को टेस्ट ड्राइभ गर्न पाउनेछन्।
साथै मानव रोबोटको अनुभव पनि उपलब्ध हुनेछ।
कार्यक्रममा चारवटा रिकन्डिसन हाउसमार्फत पुरानो गाडीको मूल्यांकन, निश्चित मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र ट्राभल चार्जर सुविधा प्रदान गरिनेछ।
दीपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा रहनेछन्, जसबाट आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको प्रविधि प्रत्यक्ष अनुभव गर्न सकिन्छ।