पोर्चुगलमा रेल दुर्घटना

पोर्चुगलको राजधानी लिस्बनमा फनिकुलर रेल (केबल रेल) दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा धेरै घाइते भएका छन् र केही अझै फसेको बताइएको छ।

बुधबार भएको घटनापछि उद्धार टोली, प्रहरी र दमकलकर्मीहरू घटनास्थलमा परिचालित भए।

सुरुमा ३ जनाको मृत्यु पुष्टि भए पनि पछिल्लो विवरण अनुसार मृतक संख्या १५ पुगेको छ।

घाइतेमध्ये कम्तीमा ९ जनाको अवस्था गम्भीर छ।

लिस्बनका मेयर कार्लोस मोएदासले यसलाई “सहरका लागि अति दुःखद दिन” भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे।

ग्लोरिया फनिकुलर सन् १८८५ देखि सञ्चालन हुँदै आएको लिस्बनको ऐतिहासिक पर्यटकीय आकर्षण हो।

दुर्घटनाको कारण स्पष्ट छैन र प्रहरीको विशेष टोलीले छानबिन सुरु गरेको छ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सोसाले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *