Skip to content
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीको सेयर मूल्य सोमबार ८ प्रतिशतले घट्यो।
यो गिरावट कम्पनीले सार्वजनिक गरेको त्रैमासिक आर्थिक प्रतिवेदनपछि आएको हो।
अप्रिल–जुन अवधिमा बीवाईडीको खुद मुनाफा ६ अर्ब ४० करोड युआन ( करिब ९० करोड डलर)मा झरेको छ।
यो गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत कम हो।
कम्पनीले चीनको ईभी बजारमा बढ्दो मूल्य प्रतिस्पर्धालाई यसको मुख्य कारण भएको बताएको छ।
स्थानीय कम्पनी नियो, एक्सपेंग र अमेरिकी कम्पनी टेस्लासँगको कडा प्रतिस्पर्धाका कारण सबै कम्पनीले मूल्य घटाइरहेका छन्।
हङकङमा सोमबार कारोबार सुरु हुँदा बीवाईडीको सेयर मूल्यमा तीव्र गिरावट देखियो, तर पछि केही स्थिरता आयो।
विश्लेषकहरूको अनुमान अनुसार चीनमा गत दुई वर्षमा कारको औसत मूल्य १९ प्रतिशतले घटेको छ।
विदेशमा बिक्री राम्रै भए तापनि कम्पनीको नाफा अपेक्षाअनुसार पुगेन।
यस वर्ष कम्पनीले विश्वभर ५५ लाख कार बेच्ने लक्ष्य राखेको छ, तर जुलाईसम्ममा मात्र २४ लाख ९० हजार कार बिक्री भएको छ।
Post Views: 95