Skip to content
पठाओ नेपालले विगतको वर्षझैँ यस वर्ष पनि ‘पठाओ दशैं महोत्सव–२०८२’ सुरु गरेको छ ।
महोत्सव भदौ १७ देखि असोज ६ गतेसम्म काठमाडौं उपत्यकामा सञ्चालन हुनेछ ।
यस अभियानमार्फत पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई बढी आम्दानी गर्ने अवसर उपलब्ध गराइनेछ ।
महोत्सव अवधिभर चालकलाई दैनिक १ प्रतिशतसम्म कमिसन छुट दिइने व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार, बढी राइड वा डेलिभरी गर्नेले क्रमशः कमिसन दर घटाउँदै लैजाने र अन्ततः १ प्रतिशतसम्म छुट पाउनेछन् ।
महोत्सवको अन्त्यमा हुने लक्की ड्रमार्फत बढी राइड वा डेलिभरी गर्ने सहभागीमध्ये तीन जनाले टीभीएस रेडियन एफआई मोटरसाइकल जित्ने अवसर पाउनेछन् ।
त्यसका लागि २१ दिनभित्र कम्तीमा १७० राइड/डेलिभरी पूरा गर्नुपर्ने र कम्तीमा ७० प्रतिशत कम्प्लिसन रेट कायम गर्नुपर्नेछ ।
यस्तै, नयाँ सहभागीका लागि महोत्सव अवधिभर निःशुल्क दर्ता सुविधा पनि उपलब्ध हुनेछ ।
पठाओले यस महोत्सवलाई रोजगारीमा सशक्तिकरण, मेहनतको सम्मान र चालकको आम्दानीमा वृद्धि गर्ने उद्देश्यसहित अघि सारेको जनाएको छ ।
Post Views: 115