Skip to content
आसन्न चाडपर्वमा अवरुद्ध हुन नदिन बिपी राजमार्गको क्षतिग्रस्त भाग मर्मत गर्ने तयारी गरिएको छ।
भक्तपुर डिभिजन सडक कार्यालयका अनुसार दुई साताभित्र सडक मर्मत गरिनेछ।
गत वर्षको बाढीपहिरोले क्षति पुर्याएपछि अस्थायी रूपमा सञ्चालनमा आएको राजमार्गलाई यो वर्षको मनसुनमा अवरुद्ध हुन नदिने उपाय अपनाइएको छ।
जोखिम क्षेत्रहरूमा ग्यावियन जालीको पर्खाल लगाइएका छन् र अवरोध हटाउन ठूला मेसिनहरू तयारी अवस्थामा राखिएका छन्।
२०७८ असोजको बाढीपहिरोले २९ किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो।
करिब आठ किलोमिटर सडक पूर्ण रूपमा बगेपछि यसलाई चार खण्डमा विभाजन गरी दुई वर्षभित्र पुनर्निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ।
हाल दैनिक करिब ३ हजार सवारी चल्ने यो राजमार्गमा चाडपर्वका बेला सवारी संख्यामा तिगुना वृद्धि हुन्छ।
यसलाई ध्यानमा राखी अस्थायी मर्मत भइरहेका छन्। स्थायी पुनर्निर्माण भने मनसुन सकिएपछि सुरु हुनेछ।
यो राजमार्गको केही खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पनि काम गर्नेछ।
सरकारले स्थायी निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिसकेको छ।
Post Views: 155