ट्रायम्फ स्पिड ४०० महँगियो

ट्रायम्फ ब्रान्डको चर्चित मोटरसाइकल स्पिड ४०० को मूल्य बढ्ने भएको छ।

कम्पनीले भदौ १६ (सेप्टेम्बर १) देखि यसको मूल्य १० हजार रुपैयाँले बढाउने घोषणा गरेको हो।

हाल यो बाइकको मूल्य ६ लाख ४९ हजार ९०० रुपैयाँ छ।

भदौ १६ पछि यसको नयाँ मूल्य ६ लाख ५९ हजार ९०० रुपैयाँ हुनेछ।

स्पिड ४०० मा ३९८.१५ सिसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहेको छ।

यसले झन्डै ३९.५ हर्सपावर पावर र ३७.५ एनएम टर्क उत्पादन गर्छ।

यो बाइक चार भल्भ प्रणालीसहितको आधुनिक मोडल हो।

नेपाली बजारमा ट्रायम्फले अहिले दुई मोडल उपलब्ध गराएको छ — स्पिड ४०० र स्क्र्याम्बलर ४०० एक्स। यी दुवै मोडल युवामाझ लोकप्रिय बन्दै गइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *