गुल्मी जिल्लामा भारी वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकहरु पूर्ण रूपमा अवरुद्ध भएका छन्।
कालीगण्डकी गाउँपालिका–२, राक्सेमा पहिरो खस्दा कालीगण्डकी सडक अवरुद्ध भयो भने सत्यवती गाउँपालिका–६, डहरे खोलामा आएको बाढीले रिडी–वामीटक्सार सडक बन्द भएको हो ।
दुवै सडक बिहीबार साँझ एकतर्फी रूपमा खुले पनि अहिले पनि वर्षा जारी हुँदा माथिबाट पहिरो खस्ने सम्भावना कायमै छ।
त्यसैले सडक पूर्ण रूपमा सञ्चालन गर्न मुश्किल भएको छ।
अहिले सुरक्षाकर्मी र आवश्यक उपकरण परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।