Skip to content
पूर्वपश्चिम राजमार्ग विस्तार परियोजनाअन्तर्गत सिराहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ।
पाँचसय मिटर लामो र ६ मिटर उचाइको यो संरचना सन् २०२५ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ।
हालसम्म २४ वटा पाइल राखिसकिएको छ।
यो ओभरपास बनेपछि पूर्व–पश्चिम सवारी साधन माथिबाट जानेछन् भने उत्तर–दक्षिण तर्फका सवारी साधन मुनिबाट जाने व्यवस्था हुनेछ।
सोही योजनाअन्तर्गत लहान चोकमा पनि अर्को ओभरपास निर्माण सुरु भएको छ तर विद्युत पोल नसरिएकाले केही समस्या देखिएको छ।
कञ्चनपुर–कमला सडक विस्तार योजनामा ८६.८३ किलोमिटर सडक विस्तार भइरहेको छ।
बलान–कमला खण्डको ६६.५० प्रतिशत काम सकिएको र कुल लागत करिब १५ अर्ब ६६ करोड रहेको छ।
Post Views: 187