भारतमा सुजुकीको पहिलो ईभी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा सुजुकीको पहिलो विद्युतीय कार ई भिटारा उत्पादन सुरु गरेका छन्।

यसै क्रममा लिथियम आयन ब्याट्री सेल प्लान्टको पनि उद्घाटन गरिएको छ।

गुजरातमा बनेको यो कार भारतबाट यूरोपका विभिन्न देशमा निर्यात हुने पहिलो सुजुकी ईभी हो।

नेपालमा पनि नाडा अटो शो २०२५ मा सार्वजनिक भइसकेको छ र एक–दुई महिनामै बिक्री सुरु हुनेछ।

ई भिटारामा ४९ र ६१ किलोवाट आवर ब्याट्री अप्सन रहनेछ, जसले एकपटकको चार्जमा करिब ५०० किलोमिटर रेन्ज दिने दाबी छ।

यसमा विभिन्न मोटर अप्सन, एडास सिस्टम, ३६० क्यामरा, प्यानारोमिक सनरुफ जस्ता आधुनिक फिचर राखिएका छन्।

सुजुकीले ब्याट्री सेल उत्पादन पनि सुरु गरेको छ जसले भविष्यमा हाइब्रिड र इलेक्ट्रिक गाडी बनाउन सहयोग पुर्‍याउनेछ।

कम्पनीले भारतमा ठूलो लगानी गरेको र लाखौँ रोजगारी सिर्जना भएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *