गण्डकीमा ८६ सडक सुधार

संघीय सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले यो आर्थिक वर्षमा ९६ करोड रूपैयाँ लगानी गरेर ८६ वटा सडक सुधार गर्ने भएका छन्।

यसका लागि प्रदेशले ६३ करोड ५७ लाख र संघीय मन्त्रालयले ३३ करोड रूपैयाँ दिनेछन्।

गत वर्षभन्दा यसपालि १९ करोड कम बजेट र ५० आयोजना घटाइएको छ। तर, ६ वटा दीर्घकालीन योजना भने निरन्तर चल्नेछन्।

दक्षिण पर्वतको पैँयू गाउँपालिकामा बनिरहेको छत्तिसेघाट पुलका लागि ५१ लाख ४० हजार र मिलनचोक–सल्ल्यान–घाखेत सडकका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ।

त्यस्तै, बस्ती विकास कार्यक्रमअन्तर्गत पाँचवटा सडक बनाउन २ करोड ७५ लाख रुपैयाँ छुट्याइ कार्य सुरु गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *