‘नाडा अटो शो २०२५’ आज (आइतबार) सम्पन्न हुँदैछ।
भदौ ३ गते सुरु भएको अटो शो आज छैटौं दिनमा अन्त्य हुँदैछ।
आयोजक नाडाले अन्तिम दिनमा छुटेका दर्शकको ठूलो भीड हुने अपेक्षा गरेको छ।
शनिबार (पाँचौं दिन) दर्शकको बाक्लो उपस्थिति देखिएको थियो।
हालसम्म १ लाख ४९ हजार ८८१ जनाले अटो शो अवलोकन गरिसकेको नाडा महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए।
दर्शकको चापप्रति उत्साहित भएको बताउँदै नाडा अध्यक्ष करण चौधरीले यसलाई नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउन एक महत्वपूर्ण शुभारम्भ भएको टिप्पणी गरेका छन्।
Post Views: 258