हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले भाद्र २ गतेदेखि सुरु गरेको ‘दशैं तिहार १० गुणा उपहार’ अभियान अन्तर्गत पोखरामा विशेष कार्यक्रम आयोजना गरेको छ।
यस अभियानअनुसार हुन्डाई पोखराले भाद्र ७ र ८ गते बुद्धचोकस्थित सोरुममा ‘एक्सपेरियन्स ड्राइभ’ र ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको हो।
कार्यक्रममा सहभागीहरूले हुन्डाईका गाडी प्रत्यक्ष परीक्षण गर्ने अवसर पाएका छन्।
ग्राहकलाई आकर्षक अफरअन्तर्गत ८ लाख रुपैयाँसम्म नगद छुट र स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्ने मौका दिइएको छ।
साथै, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, एक वर्षको निःशुल्क बीमा र सडक कर छुट को सुविधा उपलब्ध छ।
सबै हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ सुविधा रहने कम्पनीले जनाएको छ।
नयाँ गाडी खरिद गर्न इच्छुक ग्राहकलाई पोखरा बुद्धचोकस्थित सोरुममा आएर अफरको लाभ लिन आग्रह गरिएको छ।