Skip to content
काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा लक्ष्मी ग्रुपले आयोजना गरेको ‘लाक्सपेरिएन्स’ प्रदर्शनी आइतबार पनि जारी रहनेछ।
भदौ ७ र ८ गते बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने यो कार्यक्रममा हुन्डाई, बिएमडब्लु, केई र फर्थिङ ब्राण्डका गाडी प्रदर्शनीमा राखिएका छन्।
गाडी खरिद वा एक्सचेन्ज गर्ने ग्राहकलाई आकर्षक छुट, विशेष अफर, लोयल्टी बोनस, तत्काल मूल्याङ्कन, सजिलो फाइनान्स र इन्स्योरेन्स सुविधा उपलब्ध हुनेछ।
यसपटक पहिलोपटक बिएमडब्लुको सहभागिता रहेकोले प्रदर्शनी अझै आकर्षक भएको आयोजकले जनाएको छ।
कार्यक्रममा आगन्तुकले नयाँ मोडल अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष कुरा गर्ने र व्यक्तिगत डिल पाउने अवसर पाउनेछन्।
साथै, नेल आर्ट, मेहेन्दी, पौडी र मनोरञ्जनात्मक गतिविधिहरूले सबै उमेर समूहलाई आकर्षित गर्नेछन्।
Post Views: 311