Skip to content
डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर काठमाडौंको पिपलबोट, बौद्धमा सञ्चालनमा ल्याएको छ।
डेल्टा अटोकर्प नेपालका लागि भेष्पा अप्रिलियाको आधिकारिक बिक्रेता हो।
यो नयाँ सेन्टरमार्फत ग्राहकलाई अझ प्रभावकारी बिक्रीपछिको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
यहाँ भेष्पा अप्रिलियाका सबै स्कुटरका लागि पूर्ण सुविधा सम्पन्न मर्मत र सेवा पाइनेछ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा, अत्याधुनिक उपकरण र अनुभवी प्राविधिकमार्फत गुणस्तरीय सेवा दिने उल्लेख गरिएको छ।
अब ग्राहकले सर्भिस, मर्मत र स्पेयर पार्ट्स सबै सुविधा एउटै छानामुनि पाउनेछन्।
कम्पनीका सीईओ विजय महतोका अनुसार, नयाँ सर्भिस सेन्टरले बिक्रीपछिको सेवाको दायरा अझै फराकिलो बनाउनेछ।
यसले ग्राहकलाई सजिलो, भरपर्दो र छिटो सेवा उपलब्ध गराउने कम्पनीको दाबी छ।
Post Views: 110