यातायात व्यवस्था विभागले २०८२ असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ।
मंगलबार जारी सूचनामा असोज १ पछि दर्ता, नामसारी र नवीकरण गर्ने सबै सवारीमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने उल्लेख छ।
यसअघि २०७३ सालमै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको भए पनि अहिलेसम्म करिब ९० हजार सवारीमा मात्र जडान भएको छ।
विभागले २५ लाख सवारीमा २०८० मंसिरसम्म इम्बोस्ड जडान गर्ने लक्ष्य राखे पनि पुरा हुन सकेको छैन।
हाल नेपालमा ५० लाखभन्दा बढी सवारी साधन रहेको अनुमान छ।
असोजदेखि अनिवार्य भएपछि यातायात कार्यालयमा सेवाग्राहीको भीड बढेको छ।
सेवाग्राहीहरूले अनावश्यक हैरानी भोग्नुपरेको गुनासो गरेका छन्।
विभागका सूचना अधिकारी गणेशमान सिं राईका अनुसार, जरिवाना रकम अहिलेसम्म तोकिएको छैन।
नयाँ, नामसारी र नवीकरण हुने सवारीमा मात्र अनिवार्य लागू हुनेछ। जरिवाना वा अन्य कारबाहीबारे सरकारले पछि निर्णय गर्न सक्ने बताइएको छ।
Post Views: 200