नाडा अटोमा सेरेसको अफर

नाडा अटो शो २०२५ लाई विशेष बनाउन सेरेसले ‘थ्रि एक्स अफर’ सार्वजनिक गरेको छ।

यो अफर प्रदर्शनी अवधिभर मात्र लागू हुने र ग्राहकले तीन वटा प्रमुख लाभ पाउने व्यवस्था गरिएको छ।

यस अन्तर्गत ३ वर्षसम्मको सम्पूर्ण बीमा सुविधा, ३ गुणासम्मको नगद छुट र बुकिङ रकमको ३ गुणासम्म फाइदा उपलब्ध हुनेछ।

यसरी ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्म लाभ लिन सक्नेछन्।

सेरेसको स्टलमा दर्शकहरूले आकर्षक सेरेस एसयूभी नजिकैबाट हेर्न सक्नेछन्।

आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनसहितको सेरेस ३ इलेक्ट्रिक गाडी भविष्यको मोबिलिटीको प्रतिकका रूपमा प्रस्तुत गरिएको छ।

सेरेस ३ ले लोमान्थाङसम्म पुगेर नेपालको पहिलो ईभीको रूपमा इतिहास रचेको पनि कम्पनीले स्मरण गराएको छ।

यसले सेरेस नेपाली भौगोलिक अवस्थासँग उपयुक्त भएको पुष्टि गरेको कम्पनीको दाबी छ।

👉 यो सीमित अवधिको अफर लिन र गाडी नजिकैबाट अवलोकन गर्न नाडा अटो शोमा सेरेस स्टल भिजिट गर्न कम्पनीले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *