नाडा अटो शोमा भीड

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको १७औँ नाडा अटो शो २०२५मा ठूलो संख्यामा अवलोकनकर्ता आकर्षित भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको शोको पहिलो दिन १९ हजारभन्दा बढीले अवलोकन गरेका थिए भने दोस्रो दिन यो संख्या करिब २९ हजार पुगेको छ।

शोमा उड्ने कारदेखि पुराना भिन्टेज गाडी, रोबोट, अत्याधुनिक प्रविधि तथा भविष्यका सवारीसाधनसमेत प्रदर्शनीमा राखिएका छन्।

भिन्टेज मोटर शोमा १२ वटा ऐतिहासिक गाडी देख्न पाइन्छ।

यस अटो शोमा १९ चारपांग्रे, १३ हल्का व्यावसायिक, ५ दुइपांग्रे ब्रान्डसहित ३५ भन्दा बढी टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स, ब्याट्री तथा बैंक/वित्तीय संस्थाका स्टल छन्।

स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन ‘मेड इन नेपाल पभिलियन’ पनि राखिएको छ।

शोमा नयाँ मोडलका एक दर्जनभन्दा बढी सवारी सार्वजनिक भएका छन् भने विद्युतीय सवारीसाधनले पनि विशेष स्थान पाएका छन्।

प्रदर्शनीसँगै सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रमसमेत भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *