Skip to content
नेपाली बजारमा टुनल्यान्ड जि सेभेन को सफल लञ्चपछि, फोटोन टुनल्यान्डले नाडा अटो शोमा आफ्ना प्रमुख गाडीहरू प्रदर्शन गरेको छ।
मुख्य मोडेलहरूमा टुनल्यान्ड भि नाइन, टुनल्यान्ड जि सेभेन र ई टुनल्यान्ड समावेश छन्, जुन प्रदर्शनका प्रमुख आकर्षण मानिएका छन्।
प्रदर्शनीमा राखिएका सबै गाडीहरू उच्च प्रदर्शन, आकर्षक डिजाइन र भरपर्दो सुविधाका लागि परिचित छन्।
टुनल्यान्ड भि नाइन हाइब्रिड पिकअप हो, जुन सबै सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त, शक्तिशाली र मजबुत गाडी हो।
टुनल्यान्ड जि सेभेन नेपालमा ठूलो सफलता हासिल गरेको स्टाइलिश पिकअप हो, जसले आकर्षक लुक, आरामदायी इन्टेरियर र सहज ड्राइभिङ अनुभव प्रदान गर्छ।
ई टुनल्यान्ड इलेक्ट्रिक पिकअप हो, जसले फोटोनको वातावरणमैत्री र ग्रीन भविष्यतर्फको प्रतिबद्धता देखाउँछ।
एमएडब्लु वृद्धि कमर्शियल नेपालमा फोटोनको आधिकारिक वितरक हो।
यो कम्पनीले गुणस्तरीय उत्पादन, दिगोपन, इनोभेसन र पेशेवर आफ्टर–सेल्स सेवा मार्फत नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको छ।
Post Views: 115