नेपालमा यामाहा दुई नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक भएका छन्।
नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्सले नाडा अटो शो २०२५ मा एमटी–१५ भी २ र एफजेड एस भी ३ डीएलएक्स का नयाँ भेरियन्ट प्रदर्शन गरेको हो।
अब एमटी–१५ भी २ आइसीई स्ट्रोम र भीभीएम दुवै भेरियन्टमा उपलब्ध छ।
एफजेड एस भी ३ डीएलएक्स भने आइसीई फ्लिओ भर्मिलेन भेरियन्टमा मात्र उपलब्ध छ।
एमएडब्लु राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिने बताए।
एमटी–१५ भी २ का भेरियन्टहरूले स्ट्रीटफाइटरमा आकर्षक व्यक्तित्व थपेका छन्।
एफजेड एस भी ३ डीएलएक्स को भेरियन्टले यामाहाको प्रसिद्ध फेड सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ।
कम्पनीले नाडा अटो शोको अवसरमा विशेष अफर पनि ल्याएको छ।
ग्राहकले प्रत्येक मोडलमा ७ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन्।
साथै, मोटो जीपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज बुकिङ गर्दा प्रिमियम राइडिङ ज्याकेट पाउने व्यवस्था गरिएको छ।
नाडामा यामाहा ब्लू च्याम्बर स्टल नं. टीडब्ल्यू १ मा रहेको छ।