Skip to content
नाडा अटो शो २०२५ मा फोटोनले आफ्ना टुनल्यान्ड पिकअप, माउन्टेन ईभी भ्यान, टिएम१ र सोकोन ईभी भ्यानमा विशेष छुट र अफर ल्याउने भएको छ।
६ दिनसम्म चल्ने प्रदर्शनीका लागि कम्पनीले आकर्षक मूल्य छुट, उपहार र सर्भिस प्याकेज घोषणा गरेको छ।
विज्ञप्तिमा भनिएअनुसार, यसले गाडी खरिदलाई अझ किफायती र सजिलो बनाउनेछ।
-
टिएम१: मूल्य रु. ३३.७४ लाखबाट घटाएर रु. २६.९९ लाख कायम।
-
माउन्टेन ईभी र सोकोन ईभी भ्यान: विशेष छुट र अफरसहित उपलब्ध।
-
टुनल्यान्ड पिकअप: छुटको घोषणा चाँडै सार्वजनिक गरिनेछ।
गाडी बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्स, अटो–प्लस र क्यासलेस इन्स्योरेन्स सुविधा दिइनेछ।
साथै, तीनै मोडेलमा सहज फाइनान्स सुविधा उपलब्ध हुने भएकाले तुरुन्तै गाडी खरिद गर्न सकिनेछ।
थप अफरहरू:
-
टुनल्यान्ड पिकअप: ट्राङक्विलिटी स्पा अनुभव वा भाटभटेनीको रु. २५ हजारको शपिङ कुपन, ३ वर्षसम्म PMS सर्भिस र ड्राइभर परिवारको स्वास्थ्य बीमा।
-
माउन्टेन ईभी भ्यान: छुटसँगै ५५ इन्च स्मार्ट टिभी, ५ पटकसम्म निःशुल्क सर्भिसिङ, फ्रन्ट ब्रेक सुज।
-
सोकोन ईभी भ्यान: छुटसँगै ५५ इन्च स्मार्ट टिभी।
यी अफरले गाडी खरिदलाई केवल लेनदेन नभई पूर्ण अनुभव बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ।
प्रदर्शनीमा–
-
स्टल A7: फोटोन टुनल्यान्ड पिकअप
-
स्टल J4: फोटोन माउन्टेन ईभी र टिएम१
-
स्टल J6: सोकोन ईभी भ्यान राखिनेछ।
Post Views: 198