नेपालको पहिलो फ्लाइङ ट्याक्सी सार्वजनिक हुँदै

मंगलबार सुरु हुने नाडा अटो शो २०२५ को उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै पहिलो ई–भिटोल (Electric Vertical Take-off and Landing) फ्लाइङ ट्याक्सी सार्वजनिक गर्ने भएका छन्।

एमएडब्लु वृिद्धीले चिनियाँ अटोमेकर चाङआन अटोसँगको सहकार्यमा ल्याउन लागेको यो फ्लाइङ ट्याक्सीले नेपालमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

यसै क्रममा, नाडा अटो शोमा पहिलोपटक ह्युमानॉइड रोबोट पनि प्रदर्शनीमा राखिनेछन्।

जीवन्त आकारका यी रोबोटहरूले दर्शकसँग प्रत्यक्ष संवाद र मानवजस्तै गतिविधि प्रदर्शन गर्नेछन्।

यसले नाडालाई साधारण अटो प्रदर्शनी मात्र नभई नयाँ प्रविधि युगको उत्सव बनाउनेछ।

डीपल र अवाटरका नयाँ EV मोडेलहरू – Deepal S05, S07 ICA, E07 र प्रिमियम Avatr 11 समेत प्रदर्शनीमा रहनेछन्।

गत सातामात्र नेपालमा सार्वजनिक भएको Deepal S05 ले छोटो समयमा नै लोकप्रियता कमाइसकेको छ।

नेपालको नं.१ लक्जरी EV ब्रान्डको सम्पूर्ण लाइनअप A1 र A2 स्टलमा राखिनेछ।

“प्रधानमन्त्रीद्वारा पहिलो फ्लाइङ ट्याक्सीको उद्घाटन हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि हो।

यसमार्फत हामी मोबिलिटीको भविष्यलाई नयाँ परिभाषा दिँदैछौं,” एमएडब्लु वृिद्धीका प्रबन्ध निर्देशक विवेक सिकारियाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *