नाडा अटो शो आजदेखि

काठमाडौंको भृकुटीमण्डपमा आज (मंगलबार)देखि १७औँ संस्करणको नाडा अटो शो २०२५ सुरु हुँदैछ।

यसपटक पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले अटो शोको उद्घाटन गर्नेछन्।

६ दिनसम्म चल्ने अटो शोमा उड्ने कार, रोबोटदेखि पुराना भिन्टेज गाडीहरू प्रदर्शनमा रहनेछन्।

मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा ऐतिहासिक गाडी भिन्टेज मोटर शोमा देख्न पाइनेछ।

यसैगरी १९ चारपांग्रे, १३ हलुका व्यावसायिक र ५ दुईपांग्रे ब्रान्डले सहभागिता जनाउनेछन्।

साथै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाका स्टलहरू रहनेछन्।

अटो शोमा ‘मेड इन नेपाल पभिलियन’मार्फत स्वदेशी उत्पादन सवारीसाधन र पार्ट्ससमेत प्रदर्शनी हुनेछन्।

सेमिनार, कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना हुनेछन्।

नाडा अटो शो २०२५ को मुख्य प्रायोजक एमएडब्लू वृद्धि हो।

यसपटक रोबोट र उड्ने कार विशेष आकर्षण हुने नाडाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *