सारथीइकुटरमा २५ हजार छुट

आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ को उपलक्ष्यमा सारथी इ–स्कुटरले विशेष अफर घोषणा गरेको छ।

कम्पनीले शोमा प्रत्यक्ष सहभागिता नलिए पनि ग्राहकको चासोलाई ध्यानमा राख्दै अफर ल्याएको हो।

अफरअनुसार, सारथीका E3 र Winger मोडेल खरिद गर्ने ग्राहकलाई नगद २५ हजार रुपैयाँ छुट प्रदान गरिनेछ।

साथै, एक वर्षको कर, एक प्रिमियम हेलमेट र एक रेनकोट पनि निःशुल्क दिइनेछ।

यो सुविधा नगदमा खरिद गर्ने ग्राहकले पाउने भए पनि किस्ताबन्दी विकल्प पनि उपलब्ध छ।

जम्मा २०% डाउनपेमेन्टमा अधिकतम ३ वर्षसम्मको फाइनान्स सुविधा लिन सकिनेछ।

साथै, पुराना बाइक वा स्कुटर (इभि वा पेट्रोल दुवै) साट्ने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।

प्राविधिक विवरण

  • Winger: ३,९००W मोटर पावर

  • E3: ३,०००W मोटर पावर

  • दुवैमा २.८ kWh ब्याट्री, अधिकतम १२० किमी रेन्ज

  • मूल्य: E3 – रु. २,१६,०००, Winger – रु. २,०९,०००

  • अफर अन्तर्गत दुवैमा २५ हजार छुट

यी स्कुटर नेपालमा जीरो इमिसन राइड एनले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आएको हो।

कम्पनीले विगत ६ वर्षदेखि नेपालमा लुयान ब्रान्डका इलेक्ट्रिक स्कुटर पनि विक्री गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *