कावासाकीले २०२६ मोडलका आफ्ना केही चर्चित मोटरसाइकल निन्जा शृङ्खला मा नयाँ रङका विकल्पहरू थपेको छ।
यस अपडेटमा पाँच फरक मोडलमा गरी कुल नौ नयाँ रङहरू उपलब्ध छन्।
मुख्य मोडल र रङहरू:
निन्जा ZX-6R: यसमा मेटालिक म्याट ग्राफेनेस्टील ग्रे/मेटालिक स्पार्क ब्ल्याक/लाइम ग्रीन र परम्परागत लाइम ग्रीनको अपडेटेड संस्करण उपलब्ध हुनेछ।
निन्जा ६५०: यो मेटालिक म्याट ग्राफेनेस्टील ग्रे/मेटालिक फ्ल्याट स्पार्क ब्ल्याक र लाइम ग्रीन गरी दुई नयाँ रङमा उपलब्ध छ।
निन्जा ५००: यसमा मेटालिक फ्ल्याट स्पार्क ब्ल्याक/मेटालिक स्पार्क ब्ल्याक भन्ने नयाँ रङ विकल्प छ। यसको एसई (SE) मोडल लाइम ग्रीन र मेटालिक म्याट ट्वाइलाइट ब्लु/क्यान्डी पर्सिमोन रेड रङमा उपलब्ध हुनेछ।
निन्जा ZX-4Rr: यो पनि दुई नयाँ रङ, लाइम ग्रीन र मेटालिक म्याट ग्राफेनेस्टील ग्रे/मेटालिक स्पार्क ब्ल्याकमा उपलब्ध हुनेछ।
यी नयाँ मोडलहरूको मूल्य र बजारमा उपलब्धताको बारेमा भने हालसम्म कुनै जानकारी दिइएको छैन।