“Volkswagen का दुई नयाँ मोडेल”

नाइमा अटो शो २०२५ अन्तर्गत भृकुटीमण्डपमा आयोजित एक विशेष कार्यक्रममा जर्मन अटोमोबाइल कम्पनी Volkswagen ले आफ्ना दुई नयाँ मोडेल—Volkswagen VirtusVolkswagen Taigun GT Plus 1.5 TSI—को भव्य रुपमा नेपाली बजारमा सार्वजनिक गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि जर्मनीका महामहिम राजदूत उडो भोल्जले दुबै गाडीको औपचारिक उद्घाटन गर्नुभयो।

यो अवसरमा Volkswagen Nepal का सीईओ विवेक बिजुक्छेले भन्नुभयो, “Volkswagen अब झन मजबुत भएर फर्किएको छ। यी गाडीहरू केवल साधन होइनन्, शक्ति, सुरक्षा र गौरवको प्रतीक हुन्।”

Volkswagen Virtus
Virtus एक प्रिमियम मिड–साइज सेडान हो जसको ग्राउण्ड क्लेरेन्स १८० मिमी छ र यसमा १.५ लिटर TSI GT Plus इञ्जिन जडान गरिएको छ, जसले १५० PS पावर दिन्छ।

यसमा Active Cylinder Deactivation प्रविधि रहेको छ जसले इन्धन खपत घटाउँछ।

Volkswagen Taigun GT Plus
Taigun GT Plus एक सहर तथा पहाडी दुबै क्षेत्रका लागि उपयुक्त SUV हो। १८८ मिमी ग्राउण्ड क्लेरेन्स, ७-स्पीड DSG गियरबक्स र बलियो बनावट यसका विशेषता हुन्।

सुरक्षामा सम्झौता छैन
दुबै गाडीमा ५ स्टार Global NCAP सुरक्षा रेटिङ, ESC, हिल होल्ड कन्ट्रोल, मल्टिपल एयरब्याग, र मल्टि-कोलिजन ब्रेकिङजस्ता युरोपियन स्तरका सुरक्षात्मक सुविधा उपलब्ध छन्।

नेपाली सडकको अनुकूल डिजाइन
Volkswagen भारतको पूर्वाधारलाई ध्यानमा राखेर विकास गरिएको यी मोडेलहरू नेपाली भूगोलमा पनि सजिलै चल्नेछन्। साथै, स्पेयर पार्ट्सको लागत पनि भारतीय गाडीसरह रहने बताइएको छ।

बुकिङ खुल्ला
Volkswagen Virtus र Taigun को बुकिङ देशभरका अधिकृत डिलरशिपहरूमा खुल्ला गरिएको छ। टेस्ट ड्राइभ नाइमा अटो शोको अवधिभर चल्नेछ र सहभागीहरूलाई विशेष उपहार पनि दिइनेछ।

पृष्ठभूमि
Volkswagen का नेपाली वितरक पूजा इन्टरनेसनल नेपाल प्रा. लि. ले २००८ देखि जर्मन प्रविधि नेपाली उपभोक्तामाझ पुर्याउँदै आएको छ। कम्पनी १५ वर्षभन्दा लामो अनुभवसहित नेपाली बजारमा विश्‍वासिलो ब्रान्डको रुपमा स्थापित भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *