अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि मोटोइन्क प्रा.लि. ले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस (BG) इलेक्ट्रिक स्कुटर’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
श्रावण २१ गते (अगस्ट ६, २०२५), भृकुटीमण्डपमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो अन्तर्गत प्रोडक्ट लन्च इभेन्टमार्फत स्कुटरहरू सार्वजनिक गरिएका हुन्।
कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष श्री क्याबिनेट श्रेष्ठ, डान्सर, मोडल तथा इन्फ्लुएन्सर कविता नेपाली, अग्नि समूहका वरिष्ठ अधिकारी, सञ्चारकर्मी र ग्राहकहरूको उपस्थिति थियो।
अग्नि ग्रुपले बिगसका दुई मोडेलहरू – BG RUV 350 र BG C12 नेपाली बजारमा सार्वजनिक गर्दै शहरी र दैनिक यात्राका लागि सुरक्षित, प्रविधियुक्त, र उच्च प्रदर्शन दिने नयाँ विद्युतीय स्कुटरको विकल्प प्रस्तुत गरेको हो।
🛵 BG RUV 350: विद्युतीय स्कुटरको ‘बिग ब्रदर’
यो स्कुटर स्कूटर र बाइकको विशेषता मिलाएको राइडर युटिलिटी भेहिकल (RUV) हो। मुख्य विशेषताहरू:
१६ इन्चको एलोय ह्विल्स
१६० मिमिको ग्राउन्ड क्लियरेन्स
फुल मेटल बडी र ट्युब्युलर चेसिस
१६५ Nm टर्क, ७५ किमी/घ. टप स्पीड, १८ डिग्री ग्रेडेबिलिटी