काइयी X3 प्रो इभीको मूल्यमा भारी कटौती

नेपालका लागि काइयीका आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटी नेपालले ‘काइयी बवाल अफर’ अन्तर्गत आफ्नो फ्ल्यागशिप मोडल काइयी X3 प्रो इभी को मूल्यमा ठूलो कटौतीको घोषणा गरेका छन्।

यो अफरमा गाडीको टप भेरियन्टको मूल्य भारु ९ लाखले घटाएर भारु ३९.९६ लाखमा उपलब्ध गराइएको छ।

यसको पुरानो मूल्य भारु ४८.९६ लाख थियो। यो सीमित अवधिको अफर नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा उपलब्ध छ।

यस विशेष अफरमा ग्राहकहरूले ७.३ kW को चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको निःशुल्क सर्भिसिङ र स्पेयर टायर पनि प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार, यसले X3 प्रो इभीलाई आफ्नो सेगमेन्टमा उत्कृष्ट ‘भ्यालु फर मनी’ इलेक्ट्रिक एसयूभी बनाएको छ।

यो गाडी एक्स्पोमा र नेपालभरिका विभिन्न शोरूमहरूमा उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *