नेपाल मोबिलिटी एक्स्पो तयारी

अटो व्यवसायीहरूको नयाँ संस्था, नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित पहिलो सवारीसाधन प्रदर्शनी, ‘नेपाल मोबिलिटी एक्स्पो’ को तयारी तीव्र पारिएको छ।

यो प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा साउन २१ गतेदेखि सुरु हुँदैछ।

प्रदर्शनीको पहिलो दिन, बुधवार दिउँसो २ बजेदेखि ५ बजेसम्म, ‘मोबिलिटी: हिजो, आज र भोलि’ नामक एक विशेष सिकाइ सत्र आयोजना गरिनेछ।

पूर्व बैंकर अनिलकेशरी शाहले सञ्चालन गर्ने यस सत्रमा उद्योगका विभिन्न प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनेछन्।

प्रदर्शनीमा ४८ वटा विभिन्न ब्रान्डका सवारीसाधनहरू प्रदर्शन गरिनेछ।

यसमा २१ वटा चार पाङ्ग्रे, १८ वटा दुई पाङ्ग्रे र ९ वटा लाइट कमर्सियल ब्रान्डहरूका लागि स्टलहरू छुट्याइएको छ।

यसका साथै, प्रदर्शनीको स्टल निर्माण कार्य पनि लगभग ५० प्रतिशत सम्पन्न भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *