नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको नाडा अटो शोको अग्रिम टिकट बिक्री खुला गरिएको छ। यो शो भृकुटीमण्डपमा भदौ ३ गतेदेखि सुरु हुँदैछ।
यसपटकको शोको मुख्य प्रायोजक एमएडब्लू वृद्धि मोटर्स रहेको छ। खल्ती बाई आईएमईबाट अग्रिम टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउन सकिन्छ।
शोमा रहने प्रमुख स्टलहरू:
चार पाङ्ग्रे: १८ ब्रान्ड
दुई पाङ्ग्रे: ४ ब्रान्ड
लाइट कमर्सियल भेहिकल: १३ ब्रान्ड
अटो कम्पोनेन्ट: ४० स्टल
यसबाहेक, शोमा ‘मेड इन नेपाल पेभेलियन’ र ‘भिन्टेज कार पेभेलियन’ जस्ता आकर्षणहरू पनि राखिएको छ। नाडाले यसपटक ‘अटो डायलग’ नामक कार्यक्रम पनि आयोजना गर्नेछ। टिकटको मूल्य सामान्यतर्फ २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ।