हुन्डाई बम्पर उपहार घोषणा

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., हुन्डाई गाडीको नेपालका लागि अधिकृत वितरकले “हुन्डाई फेस्टिभ डिलाइट २०८१” बम्पर अफरको विजेता घोषणा गरेको छ।

बम्पर उपहार अन्तर्गत नयाँ हुन्डाई भेन्यु १.२ गाडी कुबेर कन्स्ट्रक्सन प्रा.लि. ले जितेको छ।

यो अफर साउन ६ देखि कात्तिक २२, २०८१ सम्म दशैं–तिहारको अवसरमा सञ्चालन गरिएको थियो।

यस अभियानमा ग्राहकहरूले नगद छुट, १ लाखसम्मको स्क्र्याच कार्ड, एक वर्षको सडक कर, बीमा तथा पुरानो गाडी साट्दा बोनसजस्ता लाभ प्राप्त गरेका थिए।

बम्पर विजेताको घोषणा साउन १५, २०८२ मा हुन्डाई नेपालको फेसबुक पेजमार्फत गरिएको हो।

उक्त कार्यक्रममा कन्ज्युमर आइ नेपालकी अध्यक्ष विमला खनाल र हुन्डाईका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

हुन्डाई नेपालले विजेता कुबेर कन्स्ट्रक्सनलाई बधाई दिँदै सहभागी सबै ग्राहकप्रति आभार प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *