उदयपुरमा ट्रक दुर्घटनामा परी चालकको मृत्यु

उदयपुरमा ट्रक हुँदा चालकको मृत्यु भएको छ ।

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–७ अधेँरी खण्डमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत इन्स्पेक्टर सुमन बानियाका अनुसार काठमाडौंबाट इटहरी तर्फ जाँदै गरेको प्र १–०२–००१ ख ९२६० नम्बरको  ट्रक आफै अनियन्त्रित भइ सडकमा पल्टी दुर्घटना हुदाँ चालक त्रियुगा नगरपालिका–४ बगाहा बस्ने वर्ष  ३५ का जिवन बिकको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बिकको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा गएराती मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *