पृथ्वीराजमार्गको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज साँझ खसेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो ।

सडकको बीच भागमा ठूला ढुङ्गा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो पन्छाएर हटाएर राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *