पोखरामा नयाँ इन्धन डिपो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गरिएको अत्याधुनिक हवाई इन्धन डिपो अब छिट्टै सञ्चालनमा आउने भएको छ।

नेपाल आयल निगमले करिब ७७ करोड रुपैयाँ खर्चेर बनाएको यो डिपो आगामी साउनको दोस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

यो डिपोमा ३६ लाख लिटर इन्धन भण्डारण गर्न सकिने क्षमता छ।

डिपोमा आधुनिक डिजिटल प्रणाली जडान गरिएको छ र वातावरणीय मूल्याङ्कन अनुसार सुरक्षित ठाउँमा बनाइएको छ।

हाल डिपोको भौतिक संरचना निर्माण सकिएको छ भने अब उपकरण परीक्षण र मिटरको क्यालिब्रेसन जस्ता काम बाँकी छन्।

विमानस्थलमा दैनिक ३०–३५ किलोलिटर इन्धन खपत हुँदै आएको छ भने अन्तर्राष्ट्रिय उडान बढेमा खपत अझ बढ्ने अनुमान छ।

यो डिपो सञ्चालनमा आएपछि विमानमा इन्धन भर्ने प्रक्रिया सजिलो, सुरक्षित र छिटो हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *