विराटनगरमा कियाको सोरुम सञ्चालनमा

दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’ का अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले नयाँ ‘किया सीआई २.०’ मापदण्डअनुसार अपडेटेड सोरुम खोलेको हो ।

कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबाट अटो डिभिजनका असिस्टेन्ट जेनेरल म्यानेजर मञ्जित कुमार पोखरेल, काठमाडौं सोरुम गैरीधाराका सेल्स म्यानेजर विनय श्रेष्ठ, मार्केटिङ अफिसर निरात न्यौपाने र नयाँ विराटनगर सोरुमका सोरुम इन्चार्ज कुशल लामिछानेलगायतका व्यक्तिहरू उपस्थित थिए ।

नेपालको पूर्वी क्षेत्रमा कियाको उपस्थिति र पकड विस्तार बडाउन विराटनगरमा सोरुम पूर्ण–सञ्चालनमा ल्याउन आवश्यक परेको असिस्टेन्ट जेनेरल म्यानेजर पोख्रेलले बताए ।

कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रालिको सञ्चालनअन्तर्गत यो नयाँ सोरुममा विश्वविख्यात दक्षिण कोरियाली अटो ब्रान्ड कियाको नेपालमा उपलब्ध सबै भेरियन्टका इन्धन र विद्युतीय सवारीसाधन उपलब्ध हुनेछन् ।

सोरुम सुरु गरेको उपलक्ष्यमा कम्पनीले तीनदिने फ्ल्यास एक्सचेन्ज क्याम्प पनि आयोजना गरेको छ ।

शनिबारदेखि सुरु भएको क्याम्प सोमबारसम्म चल्नेछ । यस क्याम्पमा जुनसुकै पुराना गाडीसँग कियाका नयाँ गाडी साट्न सकिनेछ ।

सो अवसरमा एक्सचेन्जका लागि ल्याइने पुराना गाडीलाई आकर्षक मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो अफर एक्सचेन्ज क्याम्प अवधिमा बुकिङ हुने सवारी साधनमा लागू हुनेछ ।

क्याम्पमा कियाका गाडीहरूको टेस्ट ड्राइभ पनि गर्न पाइनेछ । सो अवसरमा कियाका नयाँ फेसलिफ्ट सेल्टोस, सोनेट र कारेन्सको २०२५ मोडलको टेस्ट ड्राइभ गर्न पाइनेछ ।

त्यसैगरी गाडी खरिदकर्तालाई सहज तरिकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ ।

कम्पनीले क्याम्पमा बिक्री हुने गाडीमा रोड ट्याक्स र एक वर्षको सम्पूर्ण बीमा आफैँले व्यहोर्ने नीति लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *