विजेताहरुले एसिया अटो जिमखानामा खेल्ने

टिडिएस मोटर र्याली तथा अटो जिमखाना प्रतियोगितामा आशिष र वर्ष विजयी भएका छन्।

बागमती अटोमोबाइल्स एसोसिएसनको आयोजनामा र भोटोभर्स स्पोर्ट्स क्लब तथा जियोन ओभरल्याण्डको व्यवस्थापनमा भएको उक्त इभेन्टमा ३२ वटा गाडीसहित ७७ जना चालकहरूले प्रतिस्पर्धा गरेका थिए।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य रामचन्द्र श्रेष्ठ, एफआईए (FIA) वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नेपाल अटोमोबाइल एसोसिएसनका सचिब महेश अधिकारी र सन्तोष न्यौपाने, कोषाध्यक्ष मनि नेपाल, सह-कोषाध्यक्ष कमला क्षेत्री, बागमति अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र पसछे र सचिव यज्ञप्रसाद पौडेल, अटो नेपालका प्रकाशक रोशनकुमार श्रेष्ठ, रोजेरब तथा अपोलो टायरका संचालक राहुल शाह, मोटोभर्स स्पोर्ट्स क्लबका अध्यक्ष आशिष रौनियार लगायतले पुरस्कृत गरे ।

र्याली रोयल टुलिप, ग्वार्कोबाट सुरु भई लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी, पनौती हुँदै बनेपाको चण्डेश्वरी ड्राइभिङ स्कुलमा सम्पन्न भएको थियो।

मिडिया पार्टनर अटो नेपाल रहेको कार्यक्रममा १८ जना दक्ष मार्शलहरूको टोली परिचालन गरिएको थियो।

अटो जिमखाना र र्यालीमा सहभागी हुने खेलाडीहरूका लागि रु २ लाखको पुरस्कारशिल्डप्रमाणपत्र तथा गिफ्ट ह्याम्परको व्यवस्था गरिएको थियो।

आशिष भारती (रोनी) र वर्षा बस्नेतले बागमती अटो जिमखाना प्रतियोगिताको उपाधि जितेका छन् ।

कार्भेको बनेपास्थित चण्डेस्वरी ड्राइभिङ स्कुलमा भएको एकदिने प्रतियोगितामा आशिष पुरुषतर्फ र वर्षा महिलातर्फ च्याम्पियन बने ।

पुरुषतर्फ १७ र महिलातर्फ ६ गरी कूल २३ ड्राइभरले अटो जिमखानामा प्रतिस्पर्धा गरेका थिए । जसमा पुरुषतर्फ क्वालिफाइङ राउण्डपछि शीर्ष ८ ड्राइभर फाइनल चरणमा पुगेका थिए ।

महिलातर्फ भने ६ जना ड्राइभर नै प्रारम्भिक चरणपछि फाइनल चरणमा पुगेका थिए ।

क्वालिफाइङ चरणमा पनि शीर्ष स्थानमा रहेका आशिषले अन्तिम चरणमा पनि उत्कृष्ट लय कायम राख्दै अन्य ड्राइभर भन्दा उत्कृष्ट समय निकाल्दै उपाधि जिते । पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठले तेस्रो भए ।

यस्तै महिलातर्फ भने अन्तिम चरणमा ६ मध्ये दुई जनाले मात्र प्रतिस्पर्धा पूरा गर्न सकेन । जसमा वर्षासँगै प्रारम्भिक चरणमा शीर्ष स्थानमा रहेकी विपाशा तामाङ थिइन् ।

तर अन्तिम चरणमा वर्षाले उत्कृष्ट समय निकाल्दै बाजी मारिन् । विपाशा दोस्रो भइन् ।

अटो जिमखानामा शीर्ष स्थानमा रहनेहरुले नगद पुरस्कार समेत प्राप्त गरे । पुरुषतर्फ विजेता आशिषले नगद १ लाख र ट्रफी तथा महिलातर्फ विजेता वर्षाले नगद ५० हजार प्राप्त गरिन् ।

पुरुषतर्फ दोस्रो भएका राजकुमारले पनि ५० हजार प्राप्त गरे ।

विजेताहरुले यस वर्ष  श्रीलंकाको कोलोम्बोसहित ताइवान तथा भारतमा हुने एसिया अटो जिमखाना प्रतियोगिताहरुमा खेल्ने अवसर पाउनेछन् ।

विजेताले प्राप्त गरेको रकम एसिया प्यासिफिक मोटर स्पोर्ट च्याम्पियनसिपका लागि तयारी गर्न प्रायोग गरिने यस अघि नै नासा नेपालले जनाइसकेको छ ।

गत वर्ष थाइल्याण्डको बैंककमा भएको एसियन रोड रेसिङ प्रतियोगितामा सहभागि नितिका गजुरेललाई कोशी प्रदेश खेलकुद विकास बोर्डको तर्फबाट प्राप्त नगद ५० हजारको चेक हस्तानतरण गरियो ।

महिला सशक्तिकरण, ड्राइभ टुरिजम र एडभेञ्चर मोटर स्पोर्ट्सको संयोजन रहेको यस प्रतियोगितालाई बागमती प्रदेश खेलकुद विकास परिषदले आर्थिक सहयोग गरेको थियो भने नेपाल अटोमोबाइल्स एसोसिएसनको प्राविधिक स्वीकृति र सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *