Skip to content
नेपालका कलाकार सन्दीप क्षेत्री अल्फा अटो मोटिभद्वारा औपचारिक रूपमा “फेस अफ रोयल इन्फिल्ड” नियुक्त भएका छन्।
कम्पनीका अनुसार, उनको मोटरसाइकलप्रति गहिरो रुचि र लगावले यो जिम्मेवारीका लागि उपयुक्त ठहरिएको हो।
यो सहकार्यमार्फत उनी आन्तरिक पर्यटन प्रवर्द्धन, सडक सुरक्षाका सन्देश, र ट्राफिक नियम पालना सम्बन्धी सचेतना फैलाउन मद्दत गर्नेछन्।
यो साझेदारीले नेपालमा मोटरसाइकल संस्कृतिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
Post Views: 279