Skip to content
पर्साको वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा २ हजार ३८५ वटा विद्युतीय सवारीसाधनहरू कुल १ अर्ब ८४ करोड २३ लाख मूल्यमा आयात भएका छन्।
वीरगञ्ज भन्सारले यसबाट १ अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको छ।
भन्सार प्रमुख दीपक लामिछानेका अनुसार इन्धन चल्ने सवारीभन्दा विद्युत् सवारी आयात कम भए पनि विद्युतीय सवारीको आयात सन्तोषजनक छ।
यस अवधिमा ५० किलोवाटदेखि २०० किलोवाट क्षमताका विद्युतीय कार, जीप, भ्यान र मोटरसाइकलहरू समेत ठूलो मात्रामा आयात भएका छन्।
Post Views: 253