Skip to content
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड शनिबारदेखि राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० घण्टा पूर्णरूपमा बन्द गरिएको छ।
दुम्कीबास खण्डमा विनयी खोला पुलको डाइभर्सन सडक बारम्बार वर्षाले बगाइरहेकाले र दाउन्ने क्षेत्रमा सडक मर्मत भइरहेकाले यस्तो निर्णय गरिएको हो।
ठूला र मालवाहक सवारीसाधनलाई चौबिसै घण्टा रोक लगाइएको छ र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको छ।
साना सवारीसाधनलाई दिउँसो मात्रै यात्रा गर्न सल्लाह दिइएको छ।
Post Views: 320