शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा

शशीला मोटर्सले बाँकेको नेपालगञ्जमा आफ्नो चौथो शाखा सञ्चालनमा ल्याएको छ।

उद्घाटन लुम्बिनी प्रदेशका पूर्व मन्त्री रत्नबहादुर खत्रीद्वारा भएको हो।

उनले विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको र वातावरण संरक्षणमा यसले योगदान गर्ने बताए।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले पनि इभी गाडीको प्रयोग बढ्दो रहेको बताए।

शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खड्काले विभिन्न चर्चित ब्राण्डका व्यावसायिक सवारी साधन उपलब्ध गराइरहेको जानकारी दिए।

समारोहमा धेरै यातायात कम्पनीका अध्यक्षहरू उपस्थित थिए र नयाँ शाखाको सफलताको शुभकामना दिएका थिए।

ग्राहकलाई इभी गाडी खरिदमा चाबी र विशेष उपहार पनि प्रदान गरिएको थियो।

शशीला मोटर्स दस वर्षदेखि व्यावसायिक सवारी क्षेत्रमा सक्रिय छ र विश्वप्रसिद्ध ब्राण्डको आधिकारिक वितरक बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *