नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)ले मोटरिङ एकेडेमीको लागी सम्झौता गरेको छ ।
बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कुलसंग मोटरिङ नेपालले व्यवस्थापन गर्ने गरी सझौता गरेको हो ।
चण्डेश्वरी ड्राइभिङ स्कुलका सञ्चालक राम श्रेष्ठ तथा नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा नियतित रेसिङका गतिविधि, कार्टस् सञ्चालन विधि, सेफ्टी ड्राइभिङ ओरियन्टेसन तथा सदस्यलाई कर्पोरेट डिस्काउन्ट सम्बन्धि विषयहरु रहेका छन् ।

मोटरिङ नेपालले व्यव्स्थापन गर्ने सो सम्झौता नेपाल अटोमोवाइल्स एसोसिएसनद्वारा प्रस्तावित नेपालकै पहिलो मोटरिङ एकेडेमीको कार्यक्रमको लागी समेत यस सम्झौताले सहयोग पुग्नेछ ।
चण्डेश्वरी ड्राइभिङ स्कुलले ड्राइभिङ पार्टनरको रुपमा संघसंगको आवद्धताले मोटरस्पोर्टस तथा सेफर मोविलिटिको क्षेत्रबाट आफ्नो राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रवद्र्धन र सेवा विस्तारमा मद्दत मिल्नेछ ।