नाडाद्धारा सरकारप्रति हार्दिक आभार

आर्थिक बर्ष २०८२-०८३ को बजेटका सम्बन्धमा नाडाको धारणा ।

नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो ।

नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२-०८३ को बजेट अटोमोवाइल मैत्री आएको छ ।


खाशगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई समेटेको छ ।

यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन, अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ ।

नाडाको आवाजलाई सरकारले बजेट मार्फत सम्बोधन गरेकोमा हामी नेपाल सरकारप्रति हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *