नेपालमा टिभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ बुधबारदेखि सुरु भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी यस मेलामा ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी सहजै खरिद गर्न सक्छन्।
मेला अवधिभर ग्राहकले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रू ३० हजारसम्म सुनिश्चित पाउनेछन्।
५० भन्दा बढी रीकन्डिसन हाउसको सहभागिता रहेको यस मेलामा सवारीको उच्चतम मूल्याङ्कनको विश्वस्तता दिइनेछ।
साथै, ग्राहकले रू ८ हजारसम्मको नगद छुट र रू १० हजारसम्मको अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सक्नेछन्।
शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि उपलब्ध छ।
नयाँ सवारी किन्ने ग्राहकले हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहारस्वरूप पाउनेछन्।
मेला केवल अफरमै सीमित छैन। आगन्तुकका लागि लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, रमाइला खेलहरू, सौन्दर्य ब्राण्डको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाको लागि विशेष क्षेत्रको मजा लिने व्यवस्था गरिएको छ।
जगदम्बा मोटर्सले सम्पूर्ण परिवारलाई लक्षित गर्दै आयोजना गरिएको यो रमाइलो मेला १२ जेठसम्म भृकुटीमण्डपमा चल्नेछ।
सवारीप्रेमी र इच्छुक ग्राहकहरूलाई मेलामा सहभागी हुन आग्रह गरिएको छ।