Skip to content
सरकारले आगामी बजेटमा विद्युतीय सवारीसाधन (इभी) मा कर बढाउने तयारी गरिरहेको खबरपछि अटो व्यवसायीहरू इभी आयातमा सक्रिय भएका छन्।
२०८२ सालको वैशाख महिनामा मात्रै २,२८९ युनिट प्यासेन्जर इभी (कार, जीप, भ्यान) आयात भएका छन्।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १०,२५६ युनिट प्यासेन्जर इभी आयात भइसकेका छन्, जसको मूल्य २४ अर्ब रुपैयाँ बराबर छ।
त्यस्तै, १० महिनामा २,५२६ युनिट कमर्सियल इभी (बस, ट्रक आदि) आयात भएका छन्, जसको मूल्य ७ अर्ब ३८ करोड रुपैयाँ बराबर छ।
तीन पाङ्ग्रे इभी १५,३३३ युनिट (१ अर्ब ६० करोड रुपैयाँ) र दुई पाङ्ग्रे इभी ९,५७३ युनिट (९० करोड रुपैयाँ) आयात भएका छन्।
कुल ३७,२९१ युनिट इभीको आयातबाट सरकारले १६ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
Post Views: 224