सडक बनाउने मात्रै होइन, संस्कार पनि बदलौं —एक सच्चा सवारी संस्कृतिको अपेक्षा

नेपालका सडकहरू विगत केही वर्षमा तीव्र रूपमा विकास हुँदै गएका छन्। पु

राना खाल्डाखुल्डी सडक मर्मत हुँदैछन्, नयाँ सडक विस्तार हुँदैछन् र फूटपाथदेखि बाइपाससम्म बनिरहेका छन्। महानगरहरूमा फ्लाइओभर, अन्डरपास, ट्राफिक लाइट जस्ता सुविधाहरू थपिँदै छन्।

यस्ता भौतिक पूर्वाधार विकास देशको प्रगतिप्रति सकारात्मक संकेत हुन्, तर के सँगसँगै हामी नेपालीको ट्राफिक संस्कार पनि परिमार्जित भइरहेको छ?

विदेश—जस्तै युके—मा सडक प्रयोग गर्दा ट्राफिक नियमको पालना गर्नु केवल कानुनी दायित्व होइन, सामाजिक जिम्मेवारी पनि हो।

त्यहाँ चालकहरू सधैं लेन अनुशरण गर्छन्, ओभरटेक गर्दा नियम पालना गर्छन्, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा—एकअर्कालाई सम्मान गर्छन्।

त्यही कारण हो कि बेलैमा गन्तव्यमा पुगिन्छ, दुर्घटना न्यून हुन्छ र सडकमा असभ्य व्यवहार कम देखिन्छ।

तर नेपालमा अझै पनि हर्नको बेसुरा प्रयोग, लेन मिच्ने बानी, स्पीड लिमिटको उल्लंघन, ट्राफिक लाइटको बेवास्ता र जेब्रा क्रसिङमा पैदल यात्रीलाई अवरोध पुर्‍याउने प्रवृत्ति आम देखिन्छ। सडकमा गाडी चढ्नु जस्तोसुकै ‘ताकत’ देखाउने माध्यम बनिसकेको छ।

अब यो सोचाइ बदल्ने बेला आएको छ। सडकको विकास केवल ढल, डामर र पोलको भरमा होइन, मानिसको सोच र व्यवहारबाट सुरु हुन्छ।

ट्राफिक नियम पालना गर्ने संस्कार स्कूल, कलेज, जागिरे तहदेखि सुरु गर्नुपर्छ। ट्राफिक नियम कडाइका साथ लागू गर्न राज्यले पनि आधुनिक प्रविधि—जस्तै सीसीटीभी निगरानी, इलेक्ट्रोनिक फाइन सिस्टम—अभिनव ढंगले प्रयोग गर्नुपर्छ।

सडक सबैका लागि हो। ट्राफिक नियम पालना गर्नु आत्म–मर्यादा र अरुप्रतिको सम्मान पनि हो।

अब समय आएको छ—नेपालका सडकहरू मात्रै होइन, हाम्रा ट्राफिक संस्कार पनि ‘मोडर्न’ बनौं। यसैमा हाम्रो सुरक्षा, सम्मान र समृद्धि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *