श्रमिकका लागि सुरक्षा तालिम सम्पन्न

अटोमोबाइल क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि आयोजना गरिएको दुई दिने ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी दक्षता अभिवृद्धिमुलक प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतको ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र’ भैंसेपाटीको आयोजना र नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहकार्यमा यो सरकारी कार्यक्रम सञ्चालन गरिएको हो।

भैंसेपाटीस्थित केन्द्रको तालिम हलमा जेठ १६ र १७ गते सञ्चालन भएको यस विशेष प्रशिक्षणमा अटोमोबाइल क्षेत्रका विभिन्न श्रमिकहरूको सहभागिता रहेको थियो।

तालिमका क्रममा कार्यस्थलमा हुनसक्ने विभिन्न दुर्घटनाहरूबाट कसरी बच्ने र सुरक्षित रूपमा काम गर्ने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो, जसमा ब्याट्रीमा लाग्ने आगोलाई ग्यास सिलिन्डर (अग्निनियन्त्रक उपकरण) को प्रयोग गरेर निभाउने महत्त्वपूर्ण उपायहरू समेत सिकाइएको थियो।

यस्ता व्यावसायिक तालिमले कार्यस्थलमा श्रमिकहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नुका साथै उनीहरूको प्राविधिक क्षमता बढाउन ठूलो मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *