Skip to content
हुन्डाईको लोकप्रिय एसयूभी ‘क्रेटा’ अब विद्युतीय संस्करणमा आएको छ।
सन् २०१५ मा नेपालमा क्रेटाले मिड-साइज एसयूभीको क्रेज ल्याएको थियो। तर सन् २०२५ मा, विभिन्न कम्पनीहरूले मिड-साइज एसयूभी बजारमा प्रतिस्पर्धा बढाएका छन्।
क्रेटा इभीमा ९९ किलोवाट मोटर र ४२ किलोवाट ब्याट्री छ, जसले ३९० किलोमिटर रेन्ज दिन सक्छ।
यसमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स, ३६० डिग्री क्यामेरा, र फ्युचरिस्टिक इन्टेरियर जस्ता फिचरहरू छन्।
नेपालमा यसको मूल्य ५२ लाख रुपैयाँबाट सुरु हुन्छ।
तर, अन्य इभीहरूसँगको प्रतिस्पर्धा, मूल्य, र फिचरहरूको तुलनामा क्रेटा इभीले आफ्नो पुरानो लोकप्रियता कायम राख्न सक्ने चुनौती छ।
Post Views: 197