भारतीय सवारी निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड (M&M) ले एसएमएल इसुजु लिमिटेड को ५८.९६% सेयर किन्ने भएको छ। महिन्द्राले प्रति सेयर ६५० भारतीय रुपैयाँ मा सेयर किन्ने सम्झौता गरेको हो र यसका लागि ५५५ करोड भारु लगानी गर्दैछ।
महिन्द्राले सेबी नियमअनुसार खुला प्रस्ताव (Open Offer) पनि ल्याउने बताएको छ, जसले अन्य सेयरधनीहरूलाई पनि सेयर बेच्न मौका दिनेछ।
महिन्द्राले यो कदम ३.५ टनभन्दा माथिको गाडी बजारमा आफ्नो पकड बलियो बनाउनका लागि चालेको हो। हाल महिन्द्राको यस क्षेत्रमा ३% बजार हिस्सा छ, र टेकओभरपछि ६% पुग्नेछ।
आगामी वर्षहरूमा बजार हिस्सा १०–१२% र पछि २०% भन्दा माथि लैजाने योजना छ।
एसएमएल इसुजु ट्रक र बस उत्पादनमा राम्रो ब्रान्ड हो र यसको आईएलसीभी (Intermediate & Light Commercial Vehicle) क्षेत्रमा १६% बजार हिस्सा छ। यस कम्पनीले आर्थिक वर्ष २०२४ मा २१९६ करोड भारु आम्दानी गरेको छ र १७९ करोड भारु मुनाफा (EBITDA) कमाएको छ।
महिन्द्राले यो सम्झौताबाट दुवै कम्पनीको बलियो सहकार्यले ठूलो मूल्य सिर्जना हुने विश्वास व्यक्त गरेको छ।